Market Closed

सिद्धार्थ बैंकको खुद नाफामा २३.०१% वृद्धि हुँदा प्रतिसेयर आम्दानी १ पैसाले घट्यो

23 Jan,2019
  • Siddhartha-bank-Ltd_8_6_2018_11_01_36.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड ९४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा २३.०१% ले वृद्धि गरेको हो । गत वर्ष सिद्धार्थले ८६ करोड ९३ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्ममा बैंकको वितरण योग्य नाफा भने ८७ करोड ५ लाख १ हजार रुपैयाँ रहेको छ ।
 
सिद्धार्थले खुद ब्याज आम्दानी ४९.२०% ले वृद्धि गरी २ अर्ब २८ करोड ८८ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफामा २२.५८% सुधार हुँदै १ अर्ब ५२ करोड १९ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

बैंकले १ खर्ब ६ अर्ब ३८ करोड ४९ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ५० करोड ७० लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा १.६४% र कस्ट अफ फन्ड ७.२०% छ । यो त्रैमासमा बेस रेट १०.५९% रहेको छ ।
 
सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ५ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा ५ अर्ब १९ करोड ७२ लाख २८ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा रहेको थियो ।

सिद्धार्थ बैंकको दोस्रो त्रैमासको रिपोर्ट हेर्न यो लिंकमा क्लिक गर्नुहोस् । 

Post Your Comment