Market Closed

सिद्धार्थ बैंकको ४२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

29 Mar,2019
  • Siddhartha-bank-Ltd_8_6_2018_11_01_36.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा सिद्धार्थको ४२ लाख ३२ हजार १९२.६४ कित्ता बोनस सूचीकृत भएको छ । बैंकको गत पुष २३ गते बसेको साधारण सभाले सेयरधनीलाई गत वर्षको नाफाबाट ५% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । अहिले सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
 
बोनसपछि सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ४९ पैसा छ ।

Post Your Comment