Market Closed

सिद्धार्थ बैंकको खुद नाफामा १५.३८% वृद्धि, कति पुग्यो वितरण योग्य नाफा ?

25 Apr,2019
  • Siddhartha-bank-Ltd_8_6_2018_11_01_36.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा १५.३८% ले वृद्धि गरेको हो । गत वर्ष सिद्धार्थले १ अर्ब ३८ करोड ६ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । तेस्रो त्रैमाससम्ममा बैंकको वितरण योग्य नाफा भने ८९ करोड ५३ लाख ९७ हजार रुपैयाँ रहेको छ ।
 
सिद्धार्थले खुद ब्याज आम्दानी ४३.९८% ले वृद्धि गरी ३ अर्ब ४० करोड ८४ लाख २ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफामा १५.०८% सुधार हुँदै २ अर्ब २६ करोड ९७ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

बैंकले १ खर्ब ५ अर्ब ६३ करोड ५७ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ३८ करोड ३६ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा १.३६% र कस्ट अफ फन्ड ७.५४% छ । बेस रेट १०.३७% रहेको छ ।
 
सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा ४ अर्ब २ करोड ५५ लाख १ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७५ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३ पैसा रहेको थियो ।

 

Post Your Comment