Market Closed

सिद्धार्थ बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन

16 Oct,2019
  • Siddhartha-bank-Ltd_8_6_2018_11_01_36.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि बुधबार सिद्धार्थको सेयर कारोबार प्रतिकित्ता ३०७ रुपैयाँ २७ पैसालाई आधार मानेर खुलेको छ । बैंकले कात्तिक ७ गते बस्ने वार्षिक साधारण सभा गर्न बुधबारदेखि बुक क्लोज गरेको हो । उक्त सभामा १०% बोनस सेयर र १५.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । 
 
यस्तै, १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँ नगद लाभांश बाँड्नेछ । सिद्धार्थ बैंक अन्य वित्तीय संस्था एक्वायर गर्न पनि तयार देखिएको छ । कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा लगिदैछ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ ।
 
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेन्डा पनि छ । हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ छ । प्रस्तावित बोनसपछि पुँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्नेछ ।

Post Your Comment