Market Closed

सिद्धार्थ बैंकको लाभांश घोषणा, १२% बोनस र ३% नगद दिने

05 Dec,2020
  • Siddhartha-bank-Ltd_8_6_2018_11_01_36_3_18_2020_9_43_16.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ बैंकले १५% लाभाांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १२% बोनस सेयर र ३% नगद गरी कुल १५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
 
सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ र रिजर्भ कोषमा ५ अर्ब ६६ करोड रुपैयाँ छ । सिद्धार्थको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ६३ पैसा रहेको छ ।


 

Post Your Comment