स्टान्डर्ड चार्टर्डसहित ४ कम्पनीको बोनस नेप्सेमा थपियो, ४ करोड ७१ लाख ९२ हजार कित्ता सेयर सूचीकृत

27 Mar,2018
  • Listing_3_27_2018_10_59_10.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा मंगलबार ४ कम्पनीको ४ करोड ७१ लाख ९२ हजार ८९३.३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले मात्र ४ करोड ५७ हजार १५३.३३ कित्ता बोनस सेयर सूचीकृत गराएको छ । यो बैंकले गत पुस २६ गतेको साधारण सभाबाट पारित १००% बोनस सूचीकृत गराएको हो । यसैगरी, माछापुच्छ्रे बैंकको पनि ९% बोनस सेयर सूचीकृत भएको छ । बैंकले कुल ६६ लाख ५१ हजार ४९० कित्ता बोनस सेयर सूचीकृत गराएको छ ।
 
यता, एभरेष्ट इन्सुरेन्सको २०% र एनएमबि माइक्रोफाइनान्सको २५% बोनस सेयर पनि सूचीकृत भएको छ । एभरेष्टले आर्थिक वर्ष २०७२।७३ को नाफाबाट दिएको २ लाख २ हजार ५०० कित्ता सेयर सूचीकृत गराएको हो । एनएमबिले भने मंसिर १५ गते साधारण सभा गरी २५% बोनस पारित गरेको थियो । यही बोनस वापतको २ लाख ८१ हजार ७५० कित्ता सेयर सूचीकृत भएको हो । 

Post Your Comment