स्टान्डर्डको चार्टडको अध्यक्षमा जितेन्द्र अरोरा, १००% बोनस दिएर पुँजी पुर्याईंदै

22 Dec,2017
  • Standard-Chartered-bank-Ltd__12_22_2017_11_53_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले जितेन्द्र अरोरालाई अध्यक्ष नियुक्त गरेको छ । चार्टर्डको मंसिर २२ गते बसेको सञ्चालक समिति बैठकले अरोरालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मंसिर २२ गतेबाटै लागू हुने गरी अरोरा स्टान्डर्ड चार्टर्ड बैंक नेपालको अध्यक्ष भएका हुन् । आफ्ना सेयरधनीलाई शतप्रतिशत बोनस सेयर दिन लागेको चार्टर्डको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म चुक्ता पुँजी ४ अर्ब ५७ लाख १५ करोड रुपैयाँ छ । १००% बोनस सेयर जारी गरेपछि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुग्नेछ ।   चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यसको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ छ ।
 
 
 
 

Post Your Comment