स्टान्डर्ड चार्टर्डको एजीएम आज, १००% बोनस अधिकृत पुँजी ९ अर्ब पुर्याईंदै

10 Jan,2018
  • Standard-Chartered-bank-Ltd_12_1_10_2018_10_36_01.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा बुधबार (पुस २६ गते) आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुँदैछ । सभामा बैंकले १००% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । बोनस सेयरमा लाग्ने कर तिर्न ५ रुपैयाँ २६ पैसा नगद लाभांश दिने प्रस्ताव पनि लगिने भएको छ । चार्टर्डले अधिकृत पुँजी ९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि राख्नेछ । बोनस सेयर जारी गर्दा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव सभामा प्रस्तुत हुनेछ । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३० हजार ६६७ रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ लाख १५ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार्टर्डले ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको । यसको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ छ ।
 

Post Your Comment