Market Closed

स्वदेशीको १००% हकप्रद भर्ने आज अन्तिम दिन, भदौ २४ सम्मका सेयरधनीले आवेदन दिन पाउने

12 Nov,2018
  • Swadeshi-Laghubitta-Bittiya-Sanstha-Lt_1_8_10_2018_11_14_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वदेशी लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद भर्ने आज अन्तिम दिन हो । स्वदेशीले गत असोज २३ गतेदेखि १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । भदौ २४ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं तथा स्वदेशीको सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । हाल स्वदेशीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।
 
 केयर नेपाल रेटिङले स्वदेशीको हकप्रदलाई केयर–एनपी आइपीओ ग्रेड ४ रेटिङ दिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस लघुवित्तले ८३ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३ पैसा रहेको यस संस्थाको प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ४ पैसा छ । 
 

Post Your Comment