Market Closed

स्वदेशी लघुवित्तका संस्थापकले सेयर बिक्री गर्दै

14 Feb,2020
  • Swadeshi-Laghubitta-Bittiya-Sanstha-Lt_1_8_10_2018_11_14_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वदेशी लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । तर कति कित्ता सेयर कुन संस्थापक सेयरधीले बिक्री गर्ने भनेर कम्पनीले खुलाएको छैन । यो संस्थापक सेयरमा स्वदेशीका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले पनि किन्न पाउनेछन् । 
 
सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको ३५ दिनभित्र स्वदेशीको केन्द्रीय कार्यालय इटहरी, सुनसरीमा आफूले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।
 

Post Your Comment