Market Closed

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल घोषणा

07 Aug,2020
  • dividends_8_7_2020_11_32_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिद्धार्थ सामूहिक लगानी कोषले सञ्चालन गरेका २ वटा योजनाले गत आर्थिक वर्षको नाफावाट इकाइधनीलाई वितरण गर्ने नगद लाभासं घोषणा गरेका छन् । जसमा सिद्धार्थ इक्विटी फण्डले ७.५% र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ५% (कर सहित) वितरण गर्नेछन् ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट इकाईधनीलाई यो नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसआधारमा सिद्धार्थ इक्विटी फण्डले ११ करोड २५ लाख र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ६ करोड रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछन् । 
  
 
 
 

Post Your Comment