Market Closed

सिद्धार्थ इक्विटीको न्याभ घट्यो, योजना समाप्ति हुँदा ओरियन्टेड स्कीमको अवस्था कस्तो ?

29 Jul,2019
  • mutual_fund_7_29_2019_6_13_28.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डले असार माहिनाको प्रतिइकाई खुद सम्पति मूल्य सार्वजनिक गरेका छन् । असारमा सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको प्रतिइकाई खुद सम्पति मूल्यमा वृद्धि हुँदा सिद्धार्थ इक्विटी फन्डको भने घटेको छ ।
 
सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम साउन ६ गते परिपक्क भइसकेको छ । अन्तिम महिनामा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ८ पैसाले बढेर ११ रुपैयाँ ३१ पैसामा पुगेको छ । फन्डको सूचीकृत सेयरमा लगानी ८ करोड ६३ लाख ४६ हजार रुपैयाँले घटेर ६ करोड ८७ लाख ६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो महिना सूचीकृत सेयरमा १५ करोड ५० लाख ५३ हजार रुपैयाँ लगानी गरेको थियो । यस फन्डले बैंक मौज्दातमा १ अर्ब ३ करोड ६२ लाख रुपैयाँ जम्मा गरेको छ ।
 
फन्डले कुल २२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै युनिर्भसल पावर कम्पनीको ६७ हजार ४८० कित्ता सेयर होल्ड गरेको छ । रकमको आधारमा सबैभन्दा धेरै नेपाल बैंकमा २ करोड ४७ रुपैयाँ लगानी गरेको छ । 
 
यता, सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य भने ३ पैसाले घटेर ११ रुपैयाँ २४ पैसा कायम भएको छ । यसको सूचीकृत सेयरमा लगानी ९ करोड ४५ लाख ९४ हजार रुपैयाँले बढेर ९७ करोड ६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । फन्डले कुल ७१ वटा सूचीकृत कम्पनीको सेयरमा ९७ करोड ६ लाख ३६ हजार रुपैयाँ लगानी रहेको छ ।
 
बैंक मुद्दति निक्षेपमा १५ करोड रुपैयाँ रहेको छ । फन्डले सबैभन्दा धेरै नेपाल बैंकको ३ लाख ६५ हजार कित्ता सेयर होल्ड गरेको छ । रकमका आधारमा सबैभन्दा धेरै नेपाल बैंकमै १२ करोड २९ लाख २ हजार रुपैयाँ लगानी गरेको छ ।

Post Your Comment