Market Closed

सिद्धार्थ इक्विटी ओरियन्टेडको १२% नगद लाभांश वितरण, तपाईंको खातामा आयो कि आएन ?

06 Sep,2018
  • siddhartha-equity-orient__2_5_24_2018_1_23_52.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको १२% नगद लाभांश वितरण भएको छ । कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका अनुसार डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीको नगद लाभांश खातामै पठाइएको छ । उक्त लाभांश बुधबारदेखि वितरण भएको हो । सिद्धार्थ इक्विटीले करसहति कुल १२ करोड रुपैयाँ नगद लाभांश दिएको हो ।
 
यता, हालसम्म पनि इकाई प्रमाणपत्र डिम्याट नगरेका इकाईधनीले भने डिम्याट गरेपछि मात्र लाभांश पाउने जनाएको छ । यसैगरी, इकाई धितो राखेर कर्जा लिएका इकाईधनीले लाभांश पाउन सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र अनिवार्य पेश गर्नुपर्नेछ ।
 
सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको साउन महिनाको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ ५० पैसा छ । यो फन्डले ७६ वटा सूचीकृत कम्पनीमा ५८ करोड ५ लाख ७९ हजार रुपैयाँ लगानी गरेको छ ।

Post Your Comment