Market Closed

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमलाई पनि सेयर बजारको साथ, यस्तो लगानी

28 Sep,2018
  • siddhartha-equity-orient__2_5_24_2018_1_23_52.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको प्रतिइकाई खुद मूल्य भदौ महिनामा १० रुपैयाँ ५४ पैसा कायम भएको छ । साउनको तुलनामा भदौमा यो ४ पैसाले धेरै हो । साउनमा प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ५० पैसा मात्र थियो । भदौमा सेयर बजार उकालो लागेपछि यस स्कीमले पनि थोरै राहत पाएको देखिन्छ ।

विगतमा सेयर बजार ओरालो लाग्दा प्रायः सबै म्युचुअल फन्डका प्रतिइकाई खुद सम्पति मूल्यमा ह्रास आएको थियो । तर भदौको मध्यदेखि सेयर बजारमा सुधार भएकाले अधिकांश म्युचुअल फन्डका रिपोर्टहरु केही सकारात्मक देखिएका छन् । प्रतिइकाई खुद सम्पति मूल्यमा थोरै भए पनि सुधार देखिएको छ । 


 
यता, साउनको तुलनामा भदौमा यस योजनाको खुद सम्पत्ति भने ९ करोड ५९ लाख ६१ हजार ८८४ रुपैयाँले घटेर १ अर्ब ५ करोड ४० लाख ६७ हजार ४९८ रुपैयाँ ओर्लिएको छ । साउनमा यसको खुद सम्पत्ति १ अर्ब १५ करोड २९ हजार ३८२ रुपैयाँ थियो । सिद्धार्थ इक्विटीको सूचीकृत सेयरमा लगानी ५८ करोडबाट बढेर ६२ करोड ६२ लाख ३ हजार ८३४ रुपैयाँ पुगेको छ ।

यस इक्विटीको भदौ सम्ममा बैंक मुद्दति निक्षेपमा १० करोड रुपैयाँ रहेको छ । बैैंकमा अन्य प्रकारका खातामा २३ करोड २ लाख ९१ हजार २२० रुपैयाँ निक्षेप देखिन्छ । इक्विटी ओरियन्टेडले आइपीओ र हकप्रदमा ३ करोड ९८ लाख ५६ हजार ५०७ रुपैयाँ लगानी गरेको छ ।
 
यसले कुल ६७ वटा कम्पनीको २३ लाख ५९ हजार ८८३ कित्ता सेयरमा ६२ करोड ६२ लाख ३ हजार ८३४ रुपैयाँ लगानी गरेका छ । जसमा सबैभन्दा बढी एनएमबि बैंकको १ लाख १६ हजार ५९९ कित्ता सेयरमा लगानी रहेको छ । रकमका आधारमा हेर्दा नबिल बैंकको संस्थापक सेयरमा ५ करोड ५३ लाख ३४ हजार ७५८ रुपैयाँ लगानी भएको छ । 

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको यस्तो छ भदौको अवस्था 
 

Post Your Comment