Market Closed

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले बैंकमा कति राखेको छ पैसा ?

22 Nov,2018
  • mutual-fund-_2_23_2018_11_32_15.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको कात्तिक महिनामा प्रतिइकाई खुद मूल्य १२ पैसाले घटेको छ । असोजमा १० रुपैयाँ ५४ पैसा रहेको प्रतिइकाई खुद मूल्य कत्तिकमा घटेर १० रुपैयाँ ४२ पैसामा आइपुगेको हो । असोजको तुलनामा कात्तिकमा यस योजनाको खुद सम्पत्ति पनि १ करोड १२ लाख ४२ हजार २०१ रुपैयाँमा ओर्लिएको छ ।

असोजमा खुद सम्पति मूल्य १ अर्ब ५ करोड ३५ लाख ४ हजार ७३८ रुपैयाँ थियो । सिद्धार्थ इक्विटीको सूचीकृत सेयरमा लगानी ५४ करोड ५९ लाखबाट बढेर ५६ करोड ४७ लाख ८५ हजार ४५६ रुपैयाँ पुगेको छ । यस इक्विटीको कात्तिक सम्ममा बैंक मुद्दति निक्षेपमा १० करोड रुपैयाँ रहेको छ । यसैगरी, बचत तथा कल एकाउन्टमा ३३ करोड रुपैयाँ राखिएको छ ।

समग्रमा बैंकमा यस इक्विटीले ४३ करोड रुपैयाँ भन्दा बढी राखेको देखिन्छ । सेयर बजारमा लगानी गर्नुपर्ने म्युचुअल फन्डहरु पनि बैंकमा निक्षेप राख्नमै केन्द्रित भएको यसले देखाउँछ । सेयर बजार सुधारका लागि म्यचुअुल फन्डहरुको प्रभावकारी भूमिकाको पनि खोजी हुन थालेको छ । 
 
इक्विटी ओरियन्टेडले आइपीओ र हकप्रदमा १ करोड ४५ लाख ५३ हजार ८९३ रुपैयाँ लगानी गरेको छ । यसले कुल ५७ वटा कम्पनीको १२ लाख ५० हजार ३५१ कित्ता सेयरमा ५६ करोड ४७ लाख ८५ हजार ४५६ रुपैयाँ लगानी गरेको हो ।

सबैभन्दा बढी नबिल बैंकको ७३ हजार १ कित्ता सेयरमा संस्थापक सेयरमा ५ करोड ४६ लाख ४ हजार ७४८ रुपैयाँ लगानी भएको छ । 



हेर्नुहोस् सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको वित्तीय विवरण 
 

Post Your Comment