Market Closed

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको न्याभ १० पैसा घट्यो, नेपाल बैंकमा धेरै लगानी

21 Feb,2019
  • siddhartha-equity-orient__2_5_24_2018_1_23_52.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको माघ मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ५१ पैसा कायम भएको छ । पुसको तुलनामा यस स्कीमको प्रतिइकाई खुद सम्पति १० पैसाले घटेको हो । पुसमा यसको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ६१ पैसा रहेको थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी पनि घटेको छ ।
 
सूचीकृत सेयरमा लगानी रकम ९ करोड ३४ लाख ८१ हजार रुपैयाँले घटेर ४० करोड ६५ लाख २५ हजार रुपैयाँमा आएको छ । यसले कुल ५१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले सबैभन्दा धेरै नेपाल बैंकको १ लाख ९७ हजार ३७६ कित्ता सेयर होल्ड गरेको छ । नेपाल बैंकमा यस फन्डको लगानी ५ करोड ६६ लाख ४६ हजार रुपैयाँ रहेको छ ।
 
इक्विटी ओरियन्टेड स्कीमले बैंक मुद्दति निक्षेपमा १० करोड रुपैयाँ राखेको छ । बैंक मौज्दातमा ४७ करोड ५२ लाख १० हजार रुपैयाँ छ । अघिल्लो महिना बैंक मौज्दातमा ३८ करोड ७७ लाख २६ हजार रुपैयाँ थियो । यसको सूचीकृत नभएका आइपीओ, हकप्रद र बोनस सेयरमा ३ करोड ३३ लाख ७८ हजार रुपैयाँ लगानी रहेको छ ।

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको मासिक विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment