Market Closed

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको न्याभ ३५ पैसाले बढ्यो, सेयर लगानी कति ?

26 May,2019
  • siddhartha-equity-orient__2_5_24_2018_1_23_52.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ १६ पैसा कायम भएको छ । चैतको तुलनामा यस स्कीमको प्रतिइकाई खुद सम्पति ३५ पैसाले बढेको हो । चैतमा यसको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ८१ पैसा रहेको थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी भने घटेको छ ।
 
सूचीकृत सेयरमा लगानी रकम ४ करोड ६७ लाख २९ हजार १९१ रुपैयाँले घटेर २६ करोड २५ लाख ५७ हजार ९०५ रुपैयाँमा आएको छ । यसले कुल ४१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले सबैभन्दा धेरै नेपाल बैंकको १ लाख ७२ हजार ३२६ कित्ता सेयर होल्ड गरेको छ । नेपाल बैंकमा यस फन्डको लगानी ५ करोड ३९ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
 
इक्विटी ओरियन्टेड स्कीमको बैंक मौज्दातमा ८० करोड ९६ लाख ४७ हजार रुपैयाँ छ । अघिल्लो महिना बैंक मौज्दातमा ६३ करोड ५५ लाख ५३ हजार रुपैयाँ थियो । यसको सूचीकृत नभएका आइपीओ, हकप्रद र बोनस सेयरमा १ करोड ६३ लाख ९१ हजार रुपैयाँ लगानी रहेको छ ।
 

Post Your Comment