Market Closed

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको न्याभ ७ पैसाले बढ्यो, सेयर लगानी कति ?

27 Jun,2019
  • siddhartha-equity-orient__2_5_24_2018_1_23_52.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको जेठ मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ २३ पैसा कायम भएको छ । वैशाखको तुलनामा यस स्कीमको प्रतिइकाई खुद सम्पति ७ पैसाले बढेको हो । वैशाखमा यसको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ १६ पैसा रहेको थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी भने घटेको छ ।
 
सूचीकृत सेयरमा लगानी रकम १० करोड ७५ लाख ४ हजार ६२८ रुपैयाँले घटेर १५ करोड ५० लाख ५३ हजार २७७ रुपैयाँमा आएको छ । यसले कुल २५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले सबैभन्दा धेरै नेपाल बैंकको १ लाख ११ हजार ६६५ कित्ता सेयर होल्ड गरेको छ । नेपाल बैंकमा यस फन्डको लगानी ३ करोड ६२ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
 
इक्विटी ओरियन्टेड स्कीमको बैंक मौज्दातमा ९२ करोड ६४ लाख २२ हजार रुपैयाँ छ । अघिल्लो महिना बैंक मौज्दातमा ८० करोड ९६ लाख ४७ हजार रुपैयाँ थियो । यसको सूचीकृत नभएका आइपीओ, हकप्रद र बोनस सेयरमा १ करोड ६३ लाख ८३ हजार रुपैयाँ लगानी रहेको छ ।

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको मासिक विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment