Market Closed

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम परिपक्व हुँदै, कारोबार गर्ने आइतबार अन्तिम दिन

18 Jul,2019
  • siddhartha-equity-orient__2_5_24_2018_1_23_52.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम सोमबार (साउन ६ गते) परिपक्क हुँदैछ । योजना समाप्त हुने भएकाले सोमबारदेखि नेप्सेमा यसको कारोबार हुँदैन । यसआधारमा, बिहीबार र आइतबार (साउन ५ गते) मात्र यो स्कीमको कारोबार गर्न सकिनेछ । बिहीबार दिउँसो १ः३० बजेसम्म नप्सेमा प्रतिइकाई १० रुपैयाँ ९५ पैसामा यस फन्डको इकाई कारोबार भइरहेको छ ।
 
सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले २०७१ जेठ २९ गते धितोपत्र बोर्डबाट योजना सञ्चालन अनुमति पाएको थियो । सञ्चालनमा आएयता यस फन्डले ३ वर्ष लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७२।७३ मा १६%, आव २०७३।७४ मा २५% र आव २०७४।७५ मा १२% नगद लाभांश वितरण गरेको हो ।
 
यता, जेठ मसान्तमा सिद्धार्थ इक्विटीको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ २३ पैसा रहेको छ । यसको हाल २५ वटा सूचीकृत कम्पनीमा १५ करोड ५० लाख रुपैयाँ भन्दा बढी लगानी रहेको छ । बैंक मौज्दातमा ९२ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

Post Your Comment