Market Closed

सिद्धार्थ इक्विटीले ल्यायो ३ लाख २ हजार ९११ कित्ता सेयर लिलामीमा

02 Sep,2019
  • bid_auction_8_22_2019_1_10_19.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले आफ्नो स्वामित्वमा रहेको ३ लाख २ हजार ९११ कित्ता सेयर तथा डिबेन्चर सोमबार (भदौ १६ गते) बिक्री खुला गरेको छ । सिद्धार्थले १६ कम्पनीको सेयर र ३ कम्पनीको डिबेन्चर बिक्री खुला गरेको हो । इक्विटी ओरियन्टेड स्कीम साउन ६ गते परिपक्क भइसकेकाले योजना खारेजीमा लैजान सेयर लिलामीमा ल्याइएको हो ।
 
फन्डले लिलामीमा ल्याएको सेयरमध्ये सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ६७ हजार ४८० कित्ता रहेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको पनि ६५ हजार ९७७ कित्ता सेयर रहेको छ । लिलामीमा सर्वसाधारण व्यक्ति, फर्म, कम्पनी र संस्थाहरुले सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछन् । 
 
इच्छुक आवेदकले भदौ २२ गतेसम्म बोलपत्र फारम बुझाउनुपर्नेछ । एक व्यक्ति वा कम्पनीले एउटामात्र आवेदन पेश गर्न सक्नेछन् । बोलपत्र भदौ २३ गते बिहान १० बजे खोलिनेछ । 

सिद्धार्थको लिलामी सम्बन्धी विस्तृत जानकारी यहाँबाट लिनुहोस् ।

Post Your Comment