Market Closed

सिद्धार्थ इक्विटीले लिलामीमा ल्याएको ३ लाख कित्ता धितोपत्रमा आवेदन दिने अन्तिम मौका

08 Sep,2019
  • Auction_8_1_9_8_2019_10_11_55.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको ३ लाख २ हजार ९११ कित्ता सेयर लिलामी गर्ने आइतबार (भदौ २२ गते) अन्तिम दिन हो । सिद्धार्थले भदौ १६ गतेबाट आफ्नो स्वामित्वमा रहेको ३ लाख २ हजार ९११ कित्ता सेयर तथा डिबेन्चर लिलामीमा ल्याएको हो । सिद्धार्थ इक्विटीले १६ कम्पनीको सेयर र ३ कम्पनीको डिबेन्चर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

इक्विटी ओरियन्टेड स्कीम साउन ६ गते परिपक्क भइसकेकाले योजना खारेजीमा लैजान सेयर लिलामीमा ल्याइएको हो ।फन्डले लिलामीमा ल्याएको सेयरमध्ये सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ६७ हजार ४८० कित्ता रहेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको पनि ६५ हजार ९७७ कित्ता सेयर छ ।

लिलामीमा सर्वसाधारण व्यक्ति फर्म, कम्पनी र संस्थाहरुले सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछन् । एक व्यक्ति वा कम्पनीले एउटामात्र आवेदन पेश गर्न सक्नेछन् । बोलपत्र भदौ २३ गते बिहान १० बजे सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंमा खोलिनेछ ।  
 

Post Your Comment