Market Closed

दशैंको तिन दिन यी ठाँउमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

05 Oct,2019
  • Nepal-Police-free-bus-services_10_5_2019_5_26_06.jpg
नेपाली पैसा

काठमाडौं  : नेपाल प्रहरीले दशैंको अवसरमा तिन दिन सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । प्रहरीले महाअष्टमी, महानवमी र विजयादशमीको दिन निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।

जस अन्तर्गत रुट नम्बर १ मा सञ्चालन गरिने बस नक्साल, पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, नागस्थान, रत्नपार्क र दरबारमार्ग हुँदै पुन नक्साल फिर्ता हुनेछ । 
 
त्यस्तै, रुट नम्बर २ मा सञ्चालन गरिने बस नक्साल, मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माईतीघर, त्रिपुरेश्वर, नागस्थान, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनस् नक्साल फिर्ता हुने छ ।
 
प्रहरीद्धारा सञ्चालीत बस बिहान ११ बजेदेखि ४ बजेसम्म चल्नेछन् । नेपाली सेना र सशस्त्र प्रहरी बलले भने यसअघिनै दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेका छन् ।
 
 

Post Your Comment