Market Closed

साधारण सभाको सिजन : थप यी ५ कम्पनीको पनि लाभांश सुरक्षित गर्ने आजै अन्तिम मौका

27 Dec,2018
  • agm_new_12_27_2018_11_47_27.png
नेपाली पैसा 
 
काठमाडौं :  साधारण सभा प्रयोजनका लागि विभिन्न ५ कम्पनीको पनि लाभांश सुरक्षित गर्ने बिहीबार (पुस १२ गते) अन्तिम दिन परेको छ । यी कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन् । बिहीबार लाभांश सुरक्षित गर्नुपर्ने ५ कम्पनीमा सिर्जना फाइनान्स, अपि पावर, आरएसडीसी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रहेका छन् । 
 
 १– सिर्जना फाइनान्सको २४.५०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २८ गते हुने साधारण सभाका लागि यो कम्पनीले शुक्रबार (पुस १३ गते) बुक क्लोज गर्दैछ । यसआधामा बिहीबार कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट १५% बोनस र ९.५०% नगद लाभांश वितरण गर्न लागेको छ । 
 
२– अपि पावर कम्पनीको पनि ५% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २४ गते साधारण सभा गर्न यो कम्पनीले आइतबार (पुस १५ गते) बुक क्लोज गर्दैछ । 
 
३– आरएसडीसी लघुवित्त वित्तीय संस्थाको १०% बोनस सेयर सुरक्षित गर्ने पनि बिहीबार अन्तिम दिन हो । पुस ३० मा साधारण सभा गर्न आरएसडीसीले पुस १५ गते बुक क्लोज गर्दैछ । कम्पनीले कर तिर्न ०.५३% नगद लाभांश दिने प्रस्ताव पनि राख्नेछ ।
 
४– एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको १५% बोनस सेयर सुरक्षित गर्ने पनि बिहीबार नै अन्तिम दिन परेको छ । पुस २९ मा हुने साधारण सभाका लागि कम्पनीले आइतबार (पुस १५ गते) देखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । एनएमबिले कर तिर्न ०.७८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्दैछ । 
 
५–फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ४५%  लाभांश सुरक्षित गर्ने पनि बिहीबार नै अन्तिम दिन हो । पुस २९ मा हुने साधारण सभाका लागि  फरवार्डले आइतबार (पुस १५ गते) बुक क्लोज गर्नेछ । फरवार्डले गत वर्षको कमाईबाट २५% बोनस र २०% नगद लाभांश वितरण गर्न लागेको हो । 
 

Post Your Comment