Market Closed

अधिकांश फाइनान्स कम्पनीको रिजर्भ कोषमा सुधार, कुनले कति कमाए ?

30 Aug,2019
  • Screenshot_from_2019-05-22_20-01-11_5_22_2019_8_01_46.png
इशारा कोइराला
 
काठमाडौं : नेप्सेमा सूचीकृत २० फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७५÷७६ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांश कम्पनीको रिजर्भ कोषमा वृद्धि भएको छ । तर, वित्तीय विवरण सार्वजनिक गर्ने २० मध्ये ११ वटा कम्पनीको मात्र खुद नाफामा सुधार भएको छ । 
 
१० को चुक्ता पुँजी बढ्यो, १० को यथावत
 
गत आर्थिक वर्षको असार मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गर्ने २० फाइनान्स कम्पनीहरु मध्ये १० को चुक्ता पुँजी बढेको छ । बाँकी १० कम्पनीको चुक्ता पुँजी अघिल्लो वर्षकै यथावत रहेको छ । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा प्रोग्रेसिभ फाइनान्स रहेको छ । 
 
प्रोग्रेसिभको पुँजी १८७.२९% ले बढेर ७९ करोड ७२ लाख ७२ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी युनाइटेड फाइनान्सको रहेको छ । फाइनान्सको पुँजी २६.२३% ले बढेर १ अर्ब १ करोड ५ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
कुन कम्पनीको कति चुक्ता पुँजी ?

 
१५ कम्पनीको जगेडा कोष बढ्यो, सबैभन्दा धेरै बढाउनेमा बेष्ट फाइनान्स
 
असार मासान्तसम्म आइपुग्दा १५ फाइनान्स कम्पनीको जगेडा कोष बढेको छ । सबैभन्दा धेरै जगेडा कोष बढाउनेमा बेष्ट फाइनान्स रहेको छ । यसको जगेडा कोष २५५.९५% ले बढेर १९ करोड ४४ लाख ५१ हजार रुपैयाँ पुगेको छ । 
यसअवधिमा दुई फाइनान्स कम्पनीको जगेडा कोष भने घटेको छ । जगेडा कोष घट्नेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ र सिटी एक्सप्रेस फाइनान्स रहेका छन् । यता, ३ कम्पनीको रिजर्भ कोष भने ऋणात्मक रहेको छ । 
 
कुन कम्पनीको जगेडा कोषमा कति रकम ?
 

११ फाइनान्स कम्पनीको नाफा बढ्यो, सबैभन्दा धेरै बढाउनेमा गोर्खाज फाइनान्स
 
गत आर्थिक वर्षको अन्त्यसम्म आइपुदा ११ फाइनान्स कम्पनीहरुले नाफा बढाएका छन् । यसअवधिमा गोखार्ज फाइनान्सको नाफा सबैभन्दा धेरै वृद्धि भएको छ । यसको नाफा ५३२.३५% ले बढेर ७ करोड १० लाख १३ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा सबैभन्दा धेरै नाफा र्सिजना फाइनान्सले कमाएको छ ।
 
र्सिजनाको नाफा १८.४६% ले बढेर १५ करोड ५८ लाख ६५ हजार रुपैयाँ पुगेको छ । ८ फाइनान्स कम्पनीको नाफा भने घटेको छ । यता, चौथो त्रैमाससम्म आइपुग्दा ललितपुर फाइनान्स भने नोक्सानमा रहेको छ ।
 
कुन कम्पनीले कति नाफा कमाए ?

 
९ फाइनान्स कम्पनीको प्रतिसेयर आम्दानी बढ्यो, सबैभन्दा धेरै र्सिजना फाइनान्सको 
 
आर्थिक वर्ष सकिँदा ९ फाइनान्स कम्पनीले प्रतिसेयर आम्दानी बढेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी गुडविल फाइनान्सले बढाएको छ । यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसाले बढेर १८ रुपैयाँ ९६ पैसा पुगेको छ । 
 
यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी र्सिजना फाइनान्सको ३४ रुपैयाँ १४ पैसा रहेको छ । ललितपुर फाइनानसको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ ६९ पैसा नोक्सानमा रहेको छ ।
 
कुन् फाइनान्स कम्पनीको कति प्रतिसेयर आम्दानी ?

 

Post Your Comment