Market Closed

सिर्जना फाइनान्सले सेयरधनीलाई नगद लाभांश यसरी पठाउन थाल्यो

21 Jan,2019
  • dividends_img_1_21_2019_1_22_04.jpg
नेपाली पैसा
 
काठमाडौं : सिर्जना फाइनान्सले ९.५०% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । सेयर डिम्याट गराएका सेयरधनीको नगद खातामा पठाउन थालिएको हो ।  हालसम्म पनि डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई पनि खाता अद्यावधिक गराउन फाइनान्सले आग्रह गरेको छ ।

त्यस्तै, डिम्याट खाता नखोल्ने सेयरधनीलाई पनि खाता खोल्न भनिएको छ । अनिमात्र खातामा नगद जम्मा हुने कम्पनीको भनाई छ । सिर्जनाको पुस २८ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट १५% बोनस र ९.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

Post Your Comment