Market Closed

सिर्जना फाइनान्सको दोस्रो त्रैमासको प्रगति विवरण आयो यस्तो

30 Jan,2019
  • SHRIJANA-FINANCE_1___7_20_2018_1_45_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिर्जना फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड २८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । नाफा गत वर्षको भन्दा २०.६०% धेर हो । गत वर्ष यो कम्पनीले ३ करोड ५५ लाख ९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 
 
यता, सिर्जनाको खुद ब्याज आम्दानी भने २६.०४% ले घटेर ६ करोड १२ लाख ६ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष ८ करोड २७ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी भएको थियो । 
 
यसको सञ्चालन नाफा भने ५ करोड ५७ लाख रुर्पैयाँबाट बढोत्तरी भएर ६ करोड ७२ लाख ९७ हजार रुपैयाँ पुगेको छ । हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ छ ।

कम्पनीले गत वर्षको नाफाबाट १५% बोनस वितरण गरेपछि चुक्ता पुँजी ४६ करोड नाघेको हो । रिजर्भ कोषमा १४ करोड ८ लाख १६ हजार रुपैयाँ रहेको छ ।

सिर्जनाको खराब कर्जा ३.२५% रहेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ । 
 

Post Your Comment