Market Closed

सिर्जना फाइनान्सले पायो ६०% हकप्रद बिक्री अनुमति, अब पुँजी कति ?

09 Aug,2019
  • Right-Share_new_8_9_2019_12_27_52.jpg
नेपाली पैसा
 
काठमाडौं : सिर्जना फाइनान्सले ६०% हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १०ः६ अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
यसर्थ, कम्पनीले कुल २७ करोड ६४ लाख ६९ हजार २०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । 
रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।
 
हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ६०% हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि भने सिर्जनाको चुक्ता पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १५ करोड ७३ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा रहेको सिर्जनाको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३९ पैसा छ ।
 

Post Your Comment