सिर्जना फाइनान्सले सच्याएर सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा १८.४७% ले बढ्यो

12 Aug,2019
  • SHRIJANA-FINANCE_8_12_2019_7_47_56.jpg
नेपाली पैसा 

काठमडौं : सिर्जना फाइनान्सले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सच्याएर सार्वजनिक गरेको छ । सच्याएको वित्तीय विवरणमा खुद नाफा १८.४७% ले बढेर १५ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा फाइनान्सले १३ करोड १५ लाख रुपैयाँ मात्रै कमाएको थियो ।

यता, फाइनान्सको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको भन्दा ३९.०४% ले घटेको छ । सिर्जनाले सञ्चालन नाफा भने २१.४८% बढाएको छ । यसको रिजर्भ कोषमा २७ करोड ९ लाख २ हजार रुपैयाँ छ । हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । यसको ६०% हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । उक्त हकप्रद निष्कासनपछि यसको चुक्ता पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा छ । 
 

Post Your Comment