सिर्जना फाइनान्सको ६०% हकप्रद दाबी गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

26 Aug,2019
  • SHRIJANA-FINANCE_8_12_2019_7_47_56.jpg
नेपाली पैसा
 
काठमाडौं : सिर्जना फाइनान्सले ६०% हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १०ः६ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि भदौ २० गते बुक क्लोज गर्ने भएको हो । यसआधारमा भदौ १९ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्नेछन् ।

सिर्जनाले कुल २७ लाख ६४ हजार ६९२ कित्ता सेयर निष्कासन गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।
 
हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ६०% हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि भने सिर्जनाको चुक्ता पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १५ करोड ७३ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा रहेको सिर्जनाको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३९ पैसा छ ।

 

Post Your Comment