Market Closed

सिर्जना फाइनान्सको बोनसमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

17 Jan,2020
  • Price_adjustment_1_17_2020_12_54_16.jpg
नेपाली पैसा
 
काठमाडौं : सिर्जना फाइनान्सको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता २०५ रुपैयाँ २२ पैसा तोकिएको छ । अब आइतबार यही मूल्यलाई आधार मानेर नेप्सेमा यसको सेयर कारोबार खुल्नेछ । माघ ११ गते साधारण सभा बोलाएको यस कम्पनीले आज शुक्रबार (माघ ३ गते) बाट बुक क्लोज गरेको छ । बिहीबारसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सिर्जनाले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर प्रयोजनार्थ ०.७९% नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा, उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजेबाट सुरु हुनेछ । बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

कुनै वित्तीय संस्थाहरु एक आपसमा गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छन् ।  
 

Post Your Comment