शाइन रेसुंगाले पनि लिंदैछ व्यापारमा रफ्तार, बढायो २९.६६% ले खुद नाफा

26 Jul,2017
  • shine-resunga-development-bank-ltd_7_26_2017_2_25_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३४ करोड ९६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २९.६६% ले धेरै हो । अघिल्लो वर्ष शाइन रेसुंगाले २६ करोड ९६ लाख ४४ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । बुटवलमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले १ वर्षको अवधिमा खुद ब्याज आम्दानीमा पनि ४०.४६% ले बढोत्तरी गरेर ६६ करोड ४६ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष शाइन रेसुंगाले ४७ करोड ३१ लाख ६२ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप ८ अर्बबाट बढाएर १० अर्ब २६ करोड ८९ लाख ६६ हजार रुपैयाँ पुर्याएको यस बैंकले ८ अर्ब ७८ करोड ८१ लाख ७० हजार रुपैयाँँ कर्जा लगानी गरेको छ । 

सम्भावित जोखिमका लागि २ करोड ३ लाख ९७ हजार रुपैयाँ छुट्याएको बैंकले ५४ लाख ७५ हजार रुपैयाँ राइट ब्याक गर्न पनि सफल भएको छ । शाइन रेसुंगाले खराब कर्जामा पनि केही सुधार गरेको छ । अघिल्लो वर्ष ०.३१% रहेको बैंकको खराब कर्जा यो त्रैमासमा थोरैले घटेर ०.२२% मा आइपुगेको छ । कस्ट अफ फन्ड ७.७१% रहेको शाइन रेसुङाको कर्जा निक्षेप अनुपात ७३.८३% छ । यस बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ २५ पैसा छ । 
  
 
 

Post Your Comment