Market Closed

शाइन रेसुंगाको एजीएमले गर्यो २५% बोनस प्रस्ताव पारित, अरु के–के भयो ?

07 Jan,2018
  • unnamed_1_7_2018_4_35_09.jpg
नेपाली पैसा
 
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारण सभाले २५% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । शनिबार (पुस २२ गते) अम्रकाली कटेज एन्ड रेष्टुरेन्ट प्रालि, बुटवलमा सम्पन्न भएको सभाले यो प्रस्ताव पारित गरेको हो । यस्तै, साभामा शाइनले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । शाइनले अन्य बैैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न, गभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । सभामा आर्थिक वर्ष २०७४ असार मसान्तको वासलात र २०७३–७४ को नाफा नोक्सान सम्बन्धी हिसाबलगायत अन्य मुख्य एजेन्डा पारित गरेको छ । शाइनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५% बोनस सेयरलाई जोडेर १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याएको रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले पहिलो त्रैमासमा ६ करोड ५० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २९ पैसा छ ।

Post Your Comment