शाइन रेसुंगाको दोस्रो त्रैमासलाई कसरी गर्ने समग्र मूल्यांकन ? खुद नाफा ८.७६% ले झर्यो

19 Jan,2018
  • shine-resunga-development-bank-_1_19_2018_10_38_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड १४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट प्रकाशित गरेको छ । यो नाफा गत वर्षको यही त्रैमासमा भन्दा ८.७६% ले थोरै हो । गत वर्ष दोस्रो त्रैमासमा शाइनले १६ करोड ५९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, शाइनको खुद ब्याज आम्दानी पनि गत वर्षको भन्दा ३.०६५% ले घटेर ३० करोड ३१ लाख ४ हजार रुपैयाँमा ओर्लिएको छ । गत वर्ष बैंकले ३१ करोड २६ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप ९ अर्ब २० करोडबाट बढोत्तरी गरेर ११ अर्ब ९४ करोड ४७ लाख ८३ हजार रुपैयाँ पुर्याएको शाइनले १० अर्ब ४९ करोड २६ लाख २ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । शाइनले चुक्ता पुँजी भने २५% बढोत्तरी गरेर १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यस बैंकको चुक्ता पुँजी १ अर्ब १० करोड २८ लाख ९२ हजार रुपैयाँ थियो ।

बैंकले गत वर्षको कमाईबाट २५% बोनस सेयर दिएको हो । बोनसपछि बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड ८६ लाख १५ हजार पुगेको हो । शाइनको रिजर्भ कोषमा भने ४२ करोड ६ लाख ३१ हजार रुपैयाँ छ । बैंकलाई रिजर्भ कोष बढाउनुपर्ने चुनौती देखिन्छ । यता, बैंकको खराब कर्जामा भने सुधार आएको छ । गत वर्ष ०.३५% रहेको शाइनको खराब कर्जा यो त्रैमासमा घटेर ०.१७% मा झरेको छ । सम्भावित जोखिमका लागि २ करोड ८६ लाख ७० हजार रुपैयाँ छुट्याएको यो बैंकले १ करोड २६ लाख ६२ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । शाइनको कस्ट अफ फन्ड ७.९०% र कर्जा निक्षेप अनुपात ७६.३४% छ । गत वर्ष कस्ट अफ फन्ड ५.१९% र कर्जा निक्षेप अनुपात ७६.७२% थियो । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९७ पैसा (वार्षिक) रहेको शाइनको प्रतिसेयर नेटवर्थ भने १३० रुपैयाँ ५१ पैसा छ ।  
 
 

Post Your Comment