Market Closed

सानिमा माईको १०% बोनस सेयरमा मूल्य समायोजन, २६० रुपैयाँमा खुल्यो कारोबार

11 Oct,2018
  • sanima-mai-hydropower-Ltd_12_21_2017_2_32_21.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा माई हाइड्रोपावरको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको समायोजित सेयर भाउ प्रतिकित्ता २६० रुपैयाँ कायम भएको छ । बिहीबार सानिमाको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ३०५ रुपैयाँ ५० पैसा छ ।
 
कात्तिक ८ गते वार्षिक साधारण सभा गर्न कम्पनीले बिहीबार (असोज २५ गते) देखि बुक क्लोज गरेको हो । बुधबार सम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । सभामा सानिमाले १०% बोनस सेयर र ५% नगद गरी कुल १५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । 
 
सानिमा हाइड्रोपावर एक्वयारका लागि आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि साधारण सभामा लगिनेछ । सानिमा माईले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि निर्णय गर्नेछ । साधारण सभा सेलिब्रेसन हाइट सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
 
सानिमा माईले गत आर्थिक वर्षमा ३० करोड ७३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको सेयर पुँजी २ अर्ब ११ करोड रुपैयाँ रहेको छ । १०% बोनस सेयर दिइसकेपछि भने पुँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ पुग्नेछ । यो हाइड्रोपावरको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ २१ पैसा रहेको छ ।  
 

Post Your Comment