Market Closed

सानिमा माई हाइड्रोपावरको एजीएम आज, लगानीकर्तालाई १५% लाभांश, अरु यस्ता छन् एजेन्डा

25 Oct,2018
  • agm_new_10_25_2018_10_15_29.png
नेपाली पैसा 
 
काठमाडौं : सानिमा माई हाइड्रोपावरको साधारण सभा बिहीबार (कात्तिक ८ गते) हुँदैछ । सानिमाले १०% बोनस सेयर र ५% नगद गरी कुल १५% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । साधारण सभा सेलिब्रेसन हाइट सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा सानिमा हाइड्रोपावरलाई एक्वयारका लागि आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ। 
 
सानिमा माईले सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि निर्णय गर्नेछ । कम्पनीले असोज २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । असोज २४ गतेसम्म कायम सेयरधनीले मात्र  लाभांश पाउनेछन् ।
 
सानिमा माईले गत आर्थिक वर्षमा ३० करोड ७३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको सेयर पुँजी २ अर्ब ११ करोड रुपैयाँ रहेको छ । १०% बोनस सेयर दिइसकेपछि  पुँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ पुग्नेछ । यस हाइड्रोपावरको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ २१ पैसा छ ।

Post Your Comment