सानिमा माईको खुद नाफा २८.९७% बढ्यो, विद्युत बिक्रीबाट कति कमायो ?

14 Nov,2018
  • sanima-mai-hydropower-Ltd_12_21_2017_2_32_21.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८.९७% ले खुद नाफा वृद्धि गरी १९ करोड ६० लाख १२ हजार ५८१ रुपैयाँ पुर्याएको छ । हाइड्रोपावरले गत आवको सोही अवधिमा १५ करोड १९ लाख ८२ हजार ९७९ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
कम्पनीको विद्युत बिक्रीबाट आम्दानी बढेपछि खुद नाफा पनि बढेको हो । यो त्रैमासमा विद्युत बिक्रीबाट ३१ करोड ९२ लाख ९२ हजार ६३६ रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने २८ करोड ३१ लाख ७३ हजार ९३९ रुपैयाँ रहेको थियो ।
 
कम्पनीको सेयर पुँजी २ अर्ब ११ करोड रुपैयाँ छ । जगेडा कोषमा ६८ करोड ५५ लाख १४ हजार ३६५ रुपैयाँ रहेको छ । सानिमा माईको पहिलो त्रैमासको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ रहेको छ ।

Post Your Comment