Market Closed

सानिमा माईको नाफा १३.५६% ले बढ्यो, विद्युत बिक्रीबाट कति गर्यो आम्दानी ?

08 May,2019
  • sanima-mai-hydropower-Ltd_12_21_2017_2_32_21.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २२ करोड ९३ लाख ८१ हजार ७७१ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको तुलनामा १३.५६% धेरै हो । गत वर्ष कम्पनीले २० करोड २० लाख ५ हजार ५३० रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
सानिमाले विद्युत बिक्रीबाट हुने आम्दानी पनि ६.३३% ले बढाएर ६० करोड २८ लाख २३ हजार ८८३ रुपैयाँ पुर्याएको छ । गत वर्ष सानिमाले विद्युत बिक्रीबाट ५६ करोड ६९ लाख १३ हजार ३६२ रुपैयाँ आम्दानी गरेको थियो ।
 
हाल यसको सेयर पुँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ६९ करोड ६८ लाख ८ हजार ६६८ रुपैयाँ छ । तेस्रो त्रैमासमा सानिमा माईको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९७ पैसा रहेको छ ।

सानिमा माईको तेस्रो त्रैमासिक वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment