Market Closed

बिजुली बिक्रीबाट आम्दानी घटेपछि सानिमा माईको नाफा १५.४४% ले घट्यो, इपीएस कति ?

16 Aug,2019
  • sanima_hydro_8_16_2019_7_18_40.jpg
नेपाली पैसा
 
काठमाडौं  : सानिमा माई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २३ करोड ४६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको तुलनामा १५.४४% ले थोरै हो । अघिल्लो वर्ष कम्पनीले २७ करोड ७५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
यस्तै, सानिमाको बिजुली बिक्रीबाट हुने आम्दानी पनि ८.२९% ले घटेर ७२ करोड ४१ लख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष सानिमाले बिजुली बिक्रीबाट ७८ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । बिजुली बेचेर प्राप्त हुने आम्दानी केही घटेपछि नाफा पनि घट्न पुगेको हो ।
 
हाल यसको सेयर पुँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ६९ करोड ६८ लाख ८ हजार ६६८ रुपैयाँ छ । रिटेन्ड अर्निङमा पनि ४६ करोड ८८ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ११ पैसा रहेको सानिमाको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ रहेको छ ।
 

Post Your Comment