Market Closed

सानिमा माई हाइड्रोपावरको नाफामा सामान्य सुधार आउदा अन्य सूचक कस्तो ?

14 Nov,2019
  • sanima_hydro_8_16_2019_7_18_40.jpg
नेपाली पैसा

काठमाडौं : आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा सानिमा माई हाइड्रोपावरको अधिकांश सूचकमा सामान्य सुधार आएको छ । यसअवधिमा यसको नाफा ४.०७% ले बढेर २० करोड ३९ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसले १९ करोड ६० लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असोज मसान्तसम्म आइपुग्दा बिजुली बिक्रीबाट हुने आम्दानी २.६४% ले बढेर ३२ करोड ७७ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिजुली बिक्रीबाट सानिमाले ३१ करोड ९२ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो । चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँबाट बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । 

यता, प्रतिसेयर आम्दानी भने ५० पैसाले घटेर ८ रुपैयाँ ७९ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८९ पैसा रहेको छ । सानिमाको रिटेन्र्ड अर्निङ ३ अर्ब ६ करोड १० लाख ८७ हजार रुपैयाँ रहेको छ ।  
 

Post Your Comment