Market Closed

सानिमा माई हाइड्रोपावरको लाभांश पाउन सेयरधनी बन्ने अन्तिम दिन कहिले ?

13 Dec,2019
  • sanima_hydro_8_16_2019_7_18_40.jpg
नेपाली पैसा

काठमाडौं : सानिमा माई हाइड्रोपावरको ८ औं वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ । सभा सेलिब्रेसन हाईट सुकेधारामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १०% बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३% नगद लाभांश दिने प्रस्तावलाई अनुमोदन गर्ने विशेष प्रस्ताव रहेकोछ । 

साधारण सभा प्रयोजनको लागि सानिमाले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ६ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले सभामा सहभागि हुन र कम्पनीले प्रस्ताव गरेका लाभांश पाउने छन् । साथै, बोनस सेयर निष्कासन प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्नेलगायतका प्रस्ताव छन् । 

आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा सानिमा माईले २० करोड ३९ लाख ९३ हजार रुपैयाँ  खुद नाफा कमाएको छ । यसअवधिमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७९ पैसा छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८९ पैसा रहेको छ ।

सानिमा माई हाइड्रोपावरको ८ औं वार्षिक साधारणको जानकारी यहाँबाट हेनुहोस् ।
 

Post Your Comment