Market Closed

हिमालयन जनरल इन्सुरेन्स र सगरमाथा इन्सुरेन्सको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

27 Dec,2016
  • bonus-share_12_27_2016_11_25_05.png
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन जनरल इन्सुरेन्स कम्पनीको २० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । लगानीकर्ताले यो इन्सुरेन्सको २० प्रतिशत बोनस सेयर पाउन मंगलबारसम्म सेयर खरिद गरेको हुनुपर्छ । 
 
हिमालयन जनरल इन्सुरेन्सले २० प्रतिशत बोनस सेयरसहितका महत्वपूर्ण प्रस्ताव पारित गराउन पुस २९ मा साधारण सभा बोलाएको छ । यो इन्सुरेन्सले बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजी ३८ करोड ५२ लाख रूपैयाँको १ः१.६६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । 
 
साधारण सभा प्रयोजनका लागि हिमालयनले पुस १३ देखि पुस २९ गतेसम्म सेयर धनी दर्ता किताब बन्द गर्ने भएको छ । 
 
यसैगरी, सगरमाथा इन्सुरेन्स कम्पनीको पनि २२ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । लगानीकर्ताले यो इन्सुरेन्सको २२ प्रतिशत बोनस सेयर हात पार्न मंगलबारसम्म सेयर खरिद गरिसकेको हुनुपर्नेछ । 
 
सगरमाथा इन्सुरेन्सले २२ प्रतिशत बोनस सेयर पारित गराउन पुस २७ मा साधारण सभा बोलाएको छ । सभामा कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न १.१५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि लैजाँदैछ । साधारण सभा गर्न सगरमाथाले पुस १३ देखि पुस २७ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ ।
 

Post Your Comment