Market Closed

सिद्धार्थ इन्सुरेन्सको ८ हजार ३५० कित्ता सेयर साउन १६ देखि लिलामीमा

24 Jul,2017
  • Auction_7_24_2017_1_05_00.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ इन्सुरेन्सले साउन १६ गतेदेखि ८ हजार ३५० कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । सिद्धार्थले संस्थापक समूहको ३६७ कित्ता र सर्वसाधारण समूहको ७ हजार ९८३ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद साउन २३ गते तोकिएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । सिद्धार्थले यसअघि वैशाख २८ देखि जेठ ३१ गतेसम्म ८ लाख ६२ हजार १२५ कित्ता हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गर्न लागेको हो ।
 
दुवै समूहको बोलपत्र साउन २५ गते एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा खोलिनेछ । संस्थापक समूहकोे बोलपत्र दिउसो ३ बजे र सर्वसाधारण समूहको सोही दिन ३.३० बजे खोलिने कम्पनीले जनाएको छ ।  हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ८३ लाख रुपैयाँ रहेको छ । हकप्रद र लिलामी बिक्रीपछि भने सिद्धार्थको चुक्ता पुँजी ५३ करोड ४५ लाख १७ हजार ५०० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा सिद्धार्थले १४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ १७ पैसा छ ।
 

Post Your Comment