Market Closed

८६% बोनस बाँडेको सगरमाथा इन्सुरेन्सको कस्तो आयो वित्तीय विवरण ?

20 Aug,2019
  • sagarmatha-insurance-company-lt_2_13_2018_1_36_42.jpg
नेपाली पैसा
 
काठमाडौं : सगरमाथा इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा २७ करोड ६५ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । नाफा अघिल्लो वर्ष भन्दा २०.४७% ले घटेको हो । यस इन्सुरेन्सले अघिल्लो आवको सोही अवधिमा ३४ करोड ७७ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको खुद बिमा शुल्क भने १७.२६% ले बढेर १ अर्ब १ करोड ४१ लाख ६६ हजार पुर्याएको छ । अघिल्लो वर्ष सगरमाथाले ८६ करोड ४८ लाख रुपैयाँ खुद बिमा शुल्कबाट आर्जन गरेको थियो । 
 
सगरमाथाले चुक्ता पुँजी पनि ८६% ले बढोत्तरी गर्न सफल भएको छ । अघिल्लो वर्ष ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सगरमाथाको यो त्रैमाससम्म आइपुग्दा बढाएर १ अर्ब १२ लाख पुर्याएको छ । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम पुर्याउन ८६% बोनस सेयर दिएको छ । सोही बोनस सेयरपछि पुँजी १ अर्ब १२ लाख रुपैयाँ पुगेको हो ।

पुँजी वृद्धि गर्न भारीमात्रामा बोनस दिएकाले कम्पनीको प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानी लगायतका सूचक प्रभावित भएको आँकलन गरिएको छ । कम्पनीको रिजर्भ कोष भने ३५.२०% ले घटेर ३४ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष रिजर्भ कोषमा ५२ करोड ९७ लाख रुपैयाँ रहेको थियो । 
 
सगरमाथाको प्रतिसेयर आम्दानी पनि ३४ रुपैयाँ ६२ पैसाले घटेर २७ रुपैयाँ २६ पैसामा आएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ८८ पैसा थियो । सगरमाथाको प्रतिसेयर नेटवर्थ पनि ३०१ रुपैयाँ ७४ पैसाबाट घटेर १९१ रुपैयाँ १७ पैसामा आएको छ । 

 

 

Post Your Comment