Market Closed

शिखर इन्सुरेन्सको एजीएम हुँदै, ३०.५३% लाभांश, सर्वसाधारण समूहको हिस्सा अब ४४%

22 Dec,2017
  • Shikhar-insurance-compan_12_22_2017_10_47_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : शिखर इन्सुरेन्सको वार्षिक साधारण सभा शुक्रबार (पुस ७ गते) ११ बजेदेखि कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा सुरु हुँदैछ । सभामा कम्पनीले २९% बोनस सेयर र कर तिर्न १.५३% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसैगरी, कम्पनीले यस अघिको वार्षिक साधारण सभाबाट पारित एफपीओ ल्याउने प्रस्ताव खारेज गरी प्रबन्धपत्र तथा नियमावीमा संशोधन गर्ने प्रस्ताव पनि राखेको छ । शिखरले यसअघि एफपीओ ल्याउन धितोपत्र बोर्डमा निवेदन दिए पनि बोर्डले भने अस्वीकृत गरेको थियो । शिखरले सभामा सर्वसाधारण समूहको सेयर हिस्सा बढाएर ४४% पुर्याउने प्रस्ताव राख्नेछ । कम्पनीले संस्थापक समूहको सेयर हिस्सा २०% (कुल सेयरको १४%) सेयर सर्वसाधारण सेयरमा परिणत गरिनेछ । यसपछि सर्वसाधारण समूहको हिस्सा ४४% पुग्नेछ । हाल सर्वसाधारण समूहको सेयर हिस्सा ३०% मात्र छ । संस्थापकसँग ७०% हिस्सा छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिखरले ९ करोड ५५ लाख ४५ हजार ४६१ रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ८१ करोड ७६ लाख ६८ हजार ३०० रुपैयाँ छ । यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ४३ पैसा छ ।
 
 
 

Post Your Comment