Market Closed

शिखर इन्सुरेन्सको आज एजीएम : ३०% हकप्रद आउने, मर्ज–एक्वायरको बाटो खुला

13 Aug,2019
  • Shikhar-insurance-company_5_30_2018_6_00_38.jpg
नेपाली पैसा
 
काठमाडौं : शिखर इन्सुरेन्सको साधारण सभा मंगलबार (साउन २८ गते) कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथली काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ । यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरेको शिखरले सभामा ३०% हकप्रद सेयर जारी गर्ने मुख्य एजेन्डा लैजाँदैछ ।

सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना, सर्वसाधारणबाट २ र १ जना स्वतन्त्र गरी कुल ७ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गरिने प्रस्ताव पनि छ ।

शिखर इन्सुरेन्सले आर्थिक वर्ष २०७४।७५ मा ३९ करोड ९२ लाख ७४ हजार ७८२ रुपैयाँ खुद नाफा कमाएको छ । यसैगरी, एनएफआरएस अन्तर्गतको वित्तीय विवरण अनुसार कम्पनीले ४५ करोड ५५ लाख ७७ हजार ९२१ रुपैयाँ नाफा कमाएको देखिएको छ ।

तर, नियमनकारी प्रावधान अनुसार एनएफआरएस अन्तर्गतको वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसकिएको शिखर इन्सुरेन्सको भनाई छ । 
 
शिखर इन्सुरेन्स आवश्यकता अनुसार मर्जमा जान वा अन्य कम्पनी एक्वायर गर्न पनि तयार देखिएको छ । अन्य बिमा कम्पनी गाम्ने–गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश हुनेछ ।
 
सभा प्रयोजनका लागि शिखरले साउन १५ गतेदेखि सभा हुने दिन मंगलबारसम्म बुक क्लोज गरेको छ । साउन १४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।
 
 

Post Your Comment