Market Closed

शिखर इन्सुरेन्सको ३०% हकप्रद सेयर बिक्री खुला

28 Jun,2020
  • right-share-_2_24_2020_10_17_38.jpg
नेपाली पैसा
 
काठमाडौं : शिखर इन्सुरेन्सको आज आइतबार (असार १४ गते) बाट ३०% हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । फागुन १२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

इक्रा नेपालले यो हकप्रदलाई सुरक्षित आधार जनाउने ‘ग्रेड ३’ प्लस रेटिङ दिएको छ । एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ । यस्तै, शिखर इन्सुरेन्सको सम्पूर्ण शाखा कार्यलयबाट पनि भर्न मिल्नेछ ।
 
सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ । हाल शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रदपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ । यसअघि चैत १३ गतेबाट निष्कासन गर्ने भनिएको यो हकप्रद सेयर कारोनाका कारण स्थगन भएको थियो । 

 

Post Your Comment