Market Closed

शिखर इन्सुरेन्सको साउन २१ बाट ८७ हजार ४१२ कित्ता सेयर लिलामी खुल्दै

29 Jul,2020
  • Shikhar-insurance-company_5_30_2018_6_00_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : शिखर इन्सुरेन्सको साउन २१ गतेबाट सर्वसाधारण समूहको ८७ हजार ४१२.८ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद साउन २८ गतेसम्म तोकिएको छ । यसअघि शिखरले असार १४ गतेबाट साउन ४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ३१ लाख ७१ हजार ९३२ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

ग्रीन डेभलपमेन्ट बैंक हरिशंकर रोड बाग्लुङबाट पनि आवेदन दिन पाइनेछ । हाल शिखरको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ । 
 
 

Post Your Comment