श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको सोमबार एजीएम, १०% लाभांश प्रस्ताव

16 Dec,2018
  • agm_new_12_16_2018_5_05_46.png
नेपाली पैसा 
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको चौबिसौं वार्षिक साधारण सभा सोमबार (पुस २ गते) हुने भएको छ । सभामा कम्पनीले १०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीले गत वर्षको कमाईबाट ८.७७% नगद लाभांश र १.२३% बोनस सेयर वितरण गर्न लागेको हो । यो फाइनान्सले ७ करोड १ लाख ६५ हजार रुपैयाँ नगद लाभांश र ९८ लाख ५० हजार रुपैयाँ बोनस सेयरमा खर्च गर्नेछ ।
 
साधारण सभा रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बोनस पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही अनुरुप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।

आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ ।
 
साधारण सभा प्रयोजनका लागि श्री इन्भेष्टमेन्टले मंसिर १६ देखि पुस २ गतेसम्म बुक क्लोज गर्नेछ । यसआधारमा मंसिर १५ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ५२ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Post Your Comment