श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको आज एजीएम, १०% लाभांश प्रस्ताव

17 Dec,2018
  • agm_new_12_16_2018_5_05_46.png
नेपाली पैसा 
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको चौबिसौं वार्षिक साधारण सभा सोमबार (पुस २ गते) हुँदैछ । साधारण सभा रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा बिहान १० बजे सुरु भएको हो । सभामा कम्पनीले १०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ ।

कम्पनीले गत वर्षको कमाईबाट ८.७७% नगद लाभांश र १.२३% बोनस सेयर वितरण गर्न लागेको हो । यो फाइनान्सले ७ करोड १ लाख ६५ हजार रुपैयाँ नगद लाभांश र ९८ लाख ५० हजार रुपैयाँ बोनस सेयरमा खर्च गर्नेछ ।
 
 बोनस पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही अनुरुप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि सभामा पेश गरिएको छ । आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुँदैछ ।

यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि श्री इन्भेष्टमेन्टले मंसिर १६ देखि पुस २ गतेसम्म बुक क्लोज गरेको छ । यसआधारमा मंसिर १५ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
 
हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ५२ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 

Post Your Comment