श्री इन्भेष्टमेन्टले १३% लाभांश दिने, कति छ बोनस ?

04 Oct,2019
  • Shree-investment-finance-compan_7_6_2018_11_10_20.jpg
नेपाली पैसा
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले १३% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २.३५% बोनस सेयर र १०.६५% नगद गरी कुल १३% लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।
 
हाल श्रीको चुक्ता पुँजी ८१ करोड रुपैयाँ छ । प्रस्तावित २.३५% बोनस सेयरपछि पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ पुग्नेछ । 



Post Your Comment